कपासे फूल/कस्तुरी कमल

कपासे फूल अथवा कस्तुरी कमल औषधीय गुण भएको हिमाली वनस्पति हो । अङ्ग्रेजीमा स्नोबल प्लान्ट(snowball plant) भनेर चिनिने यो वनस्पतिलाई कतै कतै हिम कमल पनि भनिन्छ । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ४३०० मिटर देखि ५६०० मिटरको उच्च हिमाली क्षेत्रमा पाइन्छ । लेकाली घाँसका चहुरमा कसैले नौनीको डल्लो लुकाए जस्तो देखिने यो बिरुवा उच्च क्षेत्रमा बादल भन्दा माथिको जाडो खप्न न्यानो कपासभित्र गुटमुटिएको हुन्छ । जनैपूर्णिमाको मेला भर्न गोसाइँकुण्ड जाने तीर्थालुहरू यसलाई सिलुस्वाँ (नेपाल भाषा) भन्दछन् । त्यहाँ जम्मा हुने धामीझाँक्रीहरू औषधोपचारका लागि यो बिरुवा बटुलेर लैजान्छन् । कपासे फूल भूतप्रेत भगाउन मात्र हैन स्त्रीरोगमा समेत प्रयोग हुन्छ । वनस्पतिशास्त्रले यसको नाम ‘ससुरिया गोसिपिफोरा’ निर्धारण गरिदिएको छ । आकृति विशेषले यसलाई सूर्यमुखी फूलको परिवारभित्रको बिरुवा भन्न वा मान्न गाह्रो पर्दछ । नेपालका कपासकै भकुण्डो जस्तो देखिने यो वनस्पतिलाई नौनी फूल पनि भनिन्छ ।

वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): एन्जिओस्पर्म
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Asterales
परिवार: Asteraceae
कुल: Cynareae
वंश: Saussurea
प्रजाति: S. gossypiphora
वैज्ञानिक नाम :
Saussurea gossypiphora

Translate »