भोर्ला अथवा भोर्लो नेपालको बनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको लहरा प्रजातिको वनस्पति हो। भोर्लाको औषधीय गुणहरू यौन शक्ति बढाउन र टनिकको रूपमा यसको बीउको सेवन गरिन्छ । छाला फुटेकोमा यसको पातको रस दलिन्छ । यसको डाँठ/लहरालाई डोरीको रूपमा प्रयोग गरिन्छ । पातबाट दुना टपरी बनाइन्छ । भोर्लाका दुना टपरी ठूलो परिमाणमा भारत
विजयसाल औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पति हो । विजयसालको ठेकीमा राखेको केही घण्टापछि पानी निलो बन्छ। बेलुका पानी राखेर विहान नियमित पिउने गरे पेट र मुटु सम्बन्धी रोग निको हुने विश्वास गरिन्छ । नेपालको सुदुरपश्चिम क्षेत्रमा मात्र विजयसाल पाइन्छ। वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम’ (Pterocarpus marsupium)रहेको विजयसाललाई विकसित मुलुकमा समेत आयुर्वेदिक औषधीकोरूपमा प्रयोग
सैजन, सहिजन अथवा सजिवन तराई प्रदेशमा हुने अग्ला रूखमा लामा लामा बोडीका आकारका तरकारी खानहुने कोसा फल्ने एक रूख हो । यसको कोसा छिप्पिएपछि चपाएर पानी खाँदा गुलियो हुने भएकोले यसलाई कवाफचिनी अथवा शीतलचिनी पनि भनिन्छ ।नेपाली भाषामा कतै कतै शीतल चिनी पनि भनेर चिनिने यो वनस्पतिलाई संस्कृतमा सोभञ्जन, शिग्रु र तीक्ष्णगन्धा आदि नामले
सुगन्धकोकिला १५ मी. सम्म अग्लो र ५ फिटसम्म मोटाई हुने सदावहार रुख हो। पात अण्डवृत्ताकार (eliptic), ठूलो नशा (mid-rid) स्पष्ट छुट्टिने, मोटो र ४ देखि ५ वटा दाँयाँ बाँयाँ फैलिएका नसाहरू भएका , करिब ७ देखि १० से. मी. चौडाई र १०–२० से.मी. लामा , एकपछि अर्को गर्दै आउने परिवर्तनशील र भेट्नु भएका
प्याज तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ। नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो। देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ।
यस बिरुवाको जातीय नाम (वैज्ञानिक) निक्टान्थस (Nyctanthus) अर्थात् निशा–पुष्प हो। यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ। पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ। यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।
परिचय नेपालको ३,००० देखि ४,००० मि. सम्मको उचाईमा हिमाली भेगको फिरफिरे , ठींग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउ छाउमा , थुम्कामा , खुला ठाउँमा र ढुङ्गाको अन्तरमा विरुवा पाइन्छ। यो १ देखि २ मि. सम्म अग्लो हुन्छ। यसको जरा र जमीन मुनि रहने काण्ड कसिएको गठिलो हुन्छ। बाहिरी भाग चाउरी परेको हुन्छ। यसबाट
रिठ्ठो (Sapindus mukorossi)नेपालमा पाइने एक प्रकारको रूख हो। यसको रूख अग्लो हुन्छ। यसमा लाग्ने फल चिप्लो किसिमको हुन्छ। यो गाउँघरमा साबुनको रूपमा प्रयोग हुन्छ। आयुर्वेदिक र औद्योगिक क्षेत्रमा बराबर महìवको साथ हेरिने रिठो बहुउपयोगी वनस्पति हो। समुद्री सतहबाट ९०० देखि १५०० मिटरसम्मको उचाइमा नेपालमा मध्य पहाडी क्षेत्रमा सप्रने यो वनस्पति १८ मिटरसम्म अग्लो हुन्छ। यो
यो विरुवा नेपालको हिमाली भेकमा ६०० – ३००० मिटरको उचाईमा खुल्ला ढुङ्गा भएको ठाउँमा पाइन्छ। यो विरुवा १.५ मिटर सम्म अग्लो हुन्छ। यस विरुवाको पातको आकार गोलाकार , मृगौलाकार , अण्डाकार भए पनि पातको किनारा विभिन्न प्रकारले च्यातिएको र छिया छिया परेको हुन्छ। फूल फुल्ने बेलामा सबभन्दा तल्लो ५ देखि ८ पातहरू झरि सकेका
भटमास ग्लाईसिन प्रजातिको वनस्पति हो। यो विशेष गरि दक्षिण एसियामा पाईने गर्छ। भटमास एक खेति हो। यो दालको सट्टा तिलको खेति मानिन्छ। भटमासको खेती भूमिको चुनाव एवं तैयारी भटमासको खेती अधिक हल्का बलौटे तथा हल्का भूमिको छोडेर सबै प्रकारको भूमिमा सफलतापूर्वक गर्न सकिन्छ तर पानीको निकास वाला चिल्लो दोमट भूमि भटमासको लागि अधिक