यस त्र्यम्बकम जडिबुटी सहकारी संस्थाले हाल त्रयम्बकखर , कबच , र अश्वगन्धा को खेतिगर्ने गराउने कार्य गरीरहेको छ । भारतको बहुराष्ट्रिय कम्पनी क्यामिम्पेक्स समुहले नेपाली जडिबुटी प्रति अभिरुची राखेकोले २०४८ साल देखी उत्त कम्पनी संगको सहकार्यमा जडिबुटीजन्य कार्य गर्दै आएकोमा २०५९ सालदेखी त्र्यम्बकम हर्बल प्रा. ली. संचालन र २०६२ सालदेखी जीविकोपार्जन को लागी जडिबुटी सेवाकेन्द्र संग सहकार्य गरी देशब्यापी रुपमा जडिबुटी पहिचान कार्य गरीरहेको अवस्थामा नेपालका आयुर्बेदिक कम्पनी हरुले वार्षिक ४० अर्ब रुपैयाँको जडिबुटीको आयात गरेको पाईयो । जुन तथ्याङ्कअनुसार कच्चा पदार्थ नेपालभित्र उत्पादन गरी २०७८ साल भित्रमा उत्तआयात प्रतिस्थापन गर्ने मुख्य उदेश्य लिएर २०६८ सालमा यससंस्थाको जन्म भएको हो । भारतबाट नेपाल भित्रीने बनस्पती हरुमा ठुलो परिमाणमा अश्वगन्धा , गोकुलधूप चोप , निशोथ , जेठिमधु , वापुकिङ्ग , आदी पर्दछन् । यस संस्थाले दयानगर गा. बि. स. रुपन्देहिमा २६ बिगाहा जमिन भांडामा लिई जडिबुटी खेति गर्दै आएको छ । हाल लु. सा. न.पा. वाडनं. १६ महिलबारमा पनी नर्सरी स्थापना गरेकोछ । छपिया र लुम्बिनीमा गरी यससंस्थाका जडिबुटीका मौज्जात बिरुवा रु. १ करोड ५१ लाख मुल्य बराबर रहेकाछन् । यस संस्थाका सदस्यका प्रकार हरु ः यस संस्थाका सदस्यहरु ३ प्रकारका हुनेछन् । (क)अभियन्ता सदस्य ः (ख¬) साधारण सदस्य ः (ग) उपभोत्ता सदस्यः (क) अभियन्ता सदस्य – अभियन्ता सदस्य भन्नाले यस संस्थाको १००० थान शेयर खरीद गरी जडिबुटीको विशयमा ब्यापारयोग्य जडिबुटी, यसको खेतिगर्ने तरिका, जडिबुटीको गुण र धर्मपहिचानको ५दिने तालिम लिएको नेपाली नागरिकलाई सम्झनु पर्नेछ । र यस्ता सदस्यहरुमात्र यस संस्थाका पदाधिकारी हुने ब्यबस्था कायम गरिएकोछ । (ख) साधारण सदस्य– साधारण सदस्य भन्नाले यस संस्थाको ५० थान शेयर खरीद गरेको नेपाली नागरिक लाई सम्झनु पर्नेछ । (ग) उपभोत्ता सदस्य– उपभोत्ता सदस्य भन्नाले यस संस्थामा मासिक २०० भन्दा माथि तिर्न सुरु गरी सकेको तर ५० कित्ता शेयर खरीदको रकम भुत्तानी नभएर शेयर प्रमाण पत्र नपाएको नेपाली नागरिक लाई सम्झनु पर्नेछ । संस्थाको उदेश्य संस्थाको आर्थिक ,सामाजिक तथा सांस्कृतीक बिकसका लागी संस्थाको देहायमा उल्लेख भए बमोजिमको उदेश्यहरु ह्ुनेछन् । १. संस्थामा संलग्न सदस्यहरुमा मितब्ययीताको भावना जागृत गराई नियमीत बचत गर्ने बानीको बिकास गर्ने । २. सदस्यहरुको ब्यक्तीगत एबं सामुहिक क्षमता अभिबृद्धी गरी स्वावलम्बी एबं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुरयाउने । ३.सदस्यहरुको प्राथमिक आबश्यक्ता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल एबं आयमुलक क्षेत्रमा सदस्यहरुमार्फत लगानी प्रवद्र्धन गराउन छरिएर रहेको राष्ट्रिय पुँजिएकिकृत गराई देशनिर्माणमा योगदान पुरयाउने । ४.सदस्यहरुको दैनिक जिवनका बिबिध क्षेत्रमा संस्थागत सहयोग पुरयाउने किसिमका सेवा तथा उत्पादन मुलक कार्यक्रमहरु संचालनगरी सहकारीताको महत्व स्थापितहुने काम समुदायमा प्रर्दशितगर्ने । ५.लोपोन्मुख जडिबुटी हरुको संरक्षण गरी जैविक जडिबुटी खेती गर्ने र गराउने कामगर्ने । ६. परम्परागत खेती प्रणालीको बिकल्पमा जडिबुटी खेतीलाई स्थापित गर्ने । ७. जडिबुटी प्रशोधन उधोग स्थापना गरी उत्तप्रशोधित उत्पादन जडिबुटीलाई सदस्यहरु द्धारा स्थानिय एबं बैदेशिक बजारमा प्रवद्र्धन गर्ने । ८.जडिबुटी जन्य बस्तुहरु ः भष्म,पिष्टी,बटी,आषव,अरिष्ट,रस रसायन आदी बस्तु उत्पादन गरी सदस्यहरुको आम्दानी बढाउने कामगर्ने । ९. जडिबुटी खेतीलाई आबश्यक पर्ने जग्गा ब्यबस्थापन गर्ने । १०. जडिबुटीमा आधारीत सामग्रीहरुको खरीद बिक्री गर्ने ।