वर्णशङ्कर

Liger, Hybrid of Lion and Tiger

 

 

 

वर्णशङ्कर वा ठिमाहा जनावर वा वनस्पति भन्नाले भिन्न नश्ल, जाति, प्रजातिको संसर्गवाट उत्पादन भएको जीव भनेर परिभाषित गर्न सकिन्छ। वर्णशङ्करहरूमा साधारणतया उल्लेख्य मात्रामा आनुवंशिक विशिष्टता देखिने भएकोले उत्पादन प्रयोजनका जनावर वा वनस्पतिमा यिनीहरूको बाहुल्यता छ। वर्णशङ्करमा दुवै बाबुआमाका दुई अलग अनुवांशिक क्रोमोजोम आउने हुनाले सामान्य भन्दा फरक अवस्था देखिन्छ। दुई पशु प्रजाति वा वनस्पति प्रजाति बीच (जस्तै पाटे बाघ र साइबेरियन बाघ) देखि लिएर भिन्न जनावर जस्तै याक र पहाडी गाइ बीच, भेडा र बाख्राको बीच समेत वर्णशङ्कर हुनसक्छन। बालीनालीका पनि धेरै जातिहरु बीच वर्णशङ्कर हुन्छन्।

Translate »