विजयसाल औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पति हो । विजयसालको ठेकीमा राखेको केही घण्टापछि पानी निलो बन्छ। बेलुका पानी राखेर विहान नियमित पिउने गरे पेट र मुटु सम्बन्धी रोग निको हुने विश्वास गरिन्छ । नेपालको सुदुरपश्चिम क्षेत्रमा मात्र विजयसाल पाइन्छ। वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम’ (Pterocarpus marsupium)रहेको विजयसाललाई विकसित मुलुकमा समेत आयुर्वेदिक औषधीकोरूपमा प्रयोग गरिन्छ ।
मधुमेह, कुष्ठरोग र चर्मरोग, जीउमा सेतो दाग र रातो, गहिरो घाउ आएमा, पिसावका रोग, आँखाको संक्रमण, हात्तीपाइले रोग, पखाला, ग्याष्ट्रिकको कारणले मुटु पोल्ने, रक्त विकार जस्ता रोगका उपचार गर्न तथा रगत बग्ने रोक्न, दुखाई कम गर्न र पेटमा जुका परेमा यसको चूर काठलाई पानीमा रातभरी भिजाउँदा प्राप्त हुने पानी वा चूर काठको धूलो सेवन गरिन्छ । दाँत दुख्दा यसको बोक्रा दलिन्छ । फोडा–फुन्सी, घाउ र चर्मरोगमा यसको पातको रस दलिन्छ ।
वैज्ञानिक वर्गीकरण | |
---|---|
जगत: | वनस्पति |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Rosids |
गण: | Fabales |
परिवार: | Fabaceae |
उपकुल: | Faboideae |
कुल: | Dalbergieae |
वंश: | Pterocarpus |
प्रजाति: | P. marsupium |
वैज्ञानिक नाम | |
Pterocarpus marsupium Roxburgh |