चट्टान साधारणतया ३ किसिमका हुन्छन् आग्नेय चट्टान, पत्रे चट्टान र परिवर्तित चट्टान। चट्टानको प्रकारको बैज्ञानिक अध्ययन भूगर्भशास्त्रमा गरिन्छ।
आग्नेय चट्टान शव्दबाट थाहा हुन्छ यो अग्नि अर्थात् आगोबाट बनेको हुन्छ। ज्वालामुखी विष्फोट भएर पृथ्वी भित्रको तातो म्याग्मा बाहिर निस्केपछि जमेर यस्तो किसिमको चट्टान बन्ने गर्दछ। यो चट्टान ग्रहको भित्री वा मध्य कुनै भागको पग्लेर तरल अवस्थामा रहेको चट्टान जमेर बन्दछ।