अर्थुङ्गे

अर्थुङ्गे पोथ्रा वर्गमा पर्ने औषाधीय गुण भएको वनस्पति हो । एकदलीय यो वनस्पति २-३ फिट अग्लो रातो डाँठ भएको हुन्छ । यसमा भदौतिर कालो फुल लाग्ने र कार्तिकतिर पाक्ने तिखो कुरो फलको रूपमा लाग्ने गर्दछ । यसको कुरोलाई पानी अथवा थुकले भिजाउँदा घडीको सुइ घुमेजस्तो घुम्ने गर्दछ । अरथुङ्गेको जरा गुलियो हुन्छ, कलिलोमा खाए यसले भोक मेटाउँछ । नेपालको पहाडी भूभागमा यसलाई घर तथा गोठको छाना छाउन खरको रूपमा प्रयोग गरिन्छ । अरथुङ्गेको घाँस घरपालुवा जनावरलाई खुवाउन प्रयोग गरिन्छ । घरपालुवा जनावरलाई अरथुङ्गेको घाँस खुवाउनाले पशुहरूको दूधमा घिउ धेरै लाग्ने गर्दछ ।

औषधीय गुण

अरथुङ्गेको बीउलाई पिँस्दा पिठो निस्कन्छ । जसको सेवनले चिसो, रूघा, खोकी, बाथ जस्ता रोगहरूबाट छुटकारा मिल्छ भने शरिरलाई यसले बल प्रदान गर्दछ । दैनिक रूपमा १/१ माना काँढापानी बनाएर खानाले विषेश फाइदा हुन्छ ।

वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): एकदलीय वनस्पति
(श्रेणीविहीन): Commelinids
गण: Poales
परिवार: Poaceae
उपकुल: Panicoideae
कुल: Andropogoneae
वंश: Heteropogon
प्रजाति: H. contortus
वैज्ञानिक नाम
Heteropogon contortus
(L.) P.Beauv. ex Roem. & Schult.[१]

श्राेत ः विकिपिडिया

Translate »