
मखमली फूल नेपालीहरु को लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो। मखमली फूल कहिले नओइलिने भएकोले यस लाई दिर्घायु र स्वस्थ जीवन को प्रतीक को रुप मा लिइन्छ| त्यसैले यस फुल को माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । संकृत मा रक्त मल्लिका भनिने यो फुल देख्नमा पनि सुन्दर भएको ले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहार मा पनि परेको थियो| त्यससमय मा यो यो नेपाल मा प्रसिद्द रहेको र भारत मा अप्राप्य रहेको प्रतित हुन्छ। सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ। छुँदा घोच्ने यो फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याँउदा फूलको रंग मखमलको कपडाजस्तो देखिनु नै भएको अनुमान गर्न सकिन्छ।
| वैज्ञानिक वर्गीकरण | |
|---|---|
| जगत: | वनस्पति |
| (श्रेणीविहीन): | फूल फुल्ने वनस्पति |
| (श्रेणीविहीन): | Eudicots |
| (श्रेणीविहीन): | Core eudicots |
| गण: | Caryophyllales |
| परिवार: | Amaranthaceae |
| वंश: | Gomphrena |
| प्रजाति: | G. globosa |
| वैज्ञानिक नाम | |
| Gomphrena globosa L. |
|